
वीरगञ्ज । कोरोना संक्रमणको दुईपटकको लहरबाट थलिएका बारा–पर्साका उद्योगहरू यतिबेला पुरानो लयमा फर्किने प्रयत्नमा छन् । कोरोनाबाट प्रभावित उद्यम व्यापार स्वाभाविक गतिमा ल्याउने प्रयासमा लागेका उद्यमीहरूलाई पुनःसम्भावित तेस्रो लहरको त्रासले भने छोडेको छैन ।
कोरोनाको तेस्रो लहर आएमा फेरि बन्दाबन्दी वा निषेधाज्ञा लगाइने र व्यापार व्यवसाय प्रभावित हुने चिन्ताले उद्योगीहरूलाई सताएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् ।
कोरोनाको दोस्रो लहरमा लगाइएको निषेधाज्ञामा उद्योगको सञ्चालन तुलनात्मक सहज भए पनि बजार बन्द भएकाले समस्या भोगेको स्मरण गर्दै अध्यक्ष गुप्ता भन्छन् ‘निषेधाज्ञा लागू भएपछि उत्पादन भए पनि बजारमा मालसामान पठाउन सकिँदैन ।
प्रतिक्रिया दिनुहोस