aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

पब्जीले उब्जायो नयाँ समस्या, एक किशोरले गुमाए १० लाख भारु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ भदौ २०७८
पब्जीले उब्जायो नयाँ समस्या, एक किशोरले गुमाए १० लाख भारु

एजेन्सी। पब्जीको नयाँ खेल 'ब्याटल ग्राउण्ड भारत' खेल्ने हुँदा भारतको मुम्बई शहरमा एक किशोरले १० लाख भारतीय रुपयाँ गुमाएका छन्। उनले आफ्नी आमाको अकाउन्टबाट त्यो पैसा गेममा लगाएको खुलेको छ। समाचारमा उल्लेख भए अनुसार पछी बाबुआमाले गालि गरेपछि उनि घर छोडेर हिंडेका छन्। 

यसरी बालबालिकाले अनलाइन खेलहरुमा आफ्नो आमाबुबाको हजारौं वा लाख रुपैयाँ खर्च गर्ने गरेका समाचार यसअघी नै पनि सार्वजनिक भएका थिए। गत महिना भारत कै मध्य प्रदेशको छतरपुर निवासी १३ वर्षीय कृष्ण पाण्डे नाम गरेका एक किशोरले 'फ्री फायर' नामक अनलाइन गेम खेलेर ४० हजार रुपैयाँ गुमाएका थिए। 

जून महिनामा छत्तीसगढका एक बालकले 'फ्री फायर' अपग्रेड गर्न ३ लाख २२ हजारको भर्चुअल हतियार किनेका थिए। त्यसैगरी यूपीका ३ जना बच्चाहरुले यो खेल खेल्दा ११ लाख रुपैयाँ भन्दा बढी मूल्यको हतियार किनेका थिए। यस्ता घटनाहरु केहि महिना यता लगातार रुपमा बढिरहेका छन्।

अब प्रश्न उठ्छ कि कसरी बच्चाहरुलाई अनलाइन गेमको समयमा आमाबाबुको बैंक खाताहरुको उपयोग गर्नबाट रोक्ने ?  केहि खेलहरु यस्ता छन् कि एक खरीद वा अन्य सेवाहरुको लागी हजारौं रुपैयाँ माग्छन्। त्यसैले अभिभावकले नै होसियारी अपनाउनु पर्ने हुन्छ। 

बच्चाहरुले खेलहरुको लागि धेरै जसो आमा बुबाको खाताबाट पैसा खर्च गर्ने गरेका छन्। बच्चाहरुमा पहिले यी खेलहरुको आदत लाग्छ। बच्चाहरु तब राम्रो हतियारको लागि र अंक कमाउन यी एपहरु किन्न बाध्य हुन्छन्। उनीहरुले त्यो हेक्का राख्दैनन् कि कति पैसा आमा बुबाको खाताबाट खर्च हुँदैछ।

यो बाट बच्ने तरिका यो हो कि जब हामी अनलाइन प्लेटफर्मबाट भुक्तानी गर्छौं, तब उसले हाम्रो डेबिट कार्ड, क्रेडिट कार्डको विवरण बचत गर्दछ। यी सफ्टवेयर अनलाइन लगिंग रहन्छन्। यस्तो स्थितिमा त्यो डाटा त्यहाँ सेभ हुन्छ। यसले डाटाको सुरक्षा पनि घटाउँछ। यसको कारण त्यहाँ गेमिंग एपबाट मात्र होइन अन्य एपबाट खाताबाट पैसा निकाल्ने खतरा छ। धेरै एपहरुमा मालवेयर समावेश हुन्छन्। 

विशेषज्ञहरुले सल्लाह दिएका छन् कि बच्चाहरुलाई अनलाइन गेमिंगबाट टाढा राख्नु पर्छ, किनकि बच्चाहरुसंग लेनदेनको धेरै जसो घटनाहरु खेलको दौरानमा हुन्छ।  

प्रतिक्रिया दिनुहोस