aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

वैदेशिक व्यापारमा उल्लेख्य सुधार

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, १४ भदौ २०७८
वैदेशिक व्यापारमा उल्लेख्य सुधार

काठमाडौं । चालू आर्थिक वर्ष २०७८र७९ को पहिलो महीना नेपालले वैदेशिक व्यापारमा उल्लेख्य सुधार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन महीनाको तथ्यांकअनुसार नेपालको अन्तरराष्ट्रिय व्यापारमा उल्लेख्य वृद्धि भएकोमा आयातमा सकारात्मक वृद्धि भएको देखिन्छ ।

विभागको तथ्यांकअनुसार साउनमा अघिल्लो वर्षको यही अवधिको तुलनामा नेपाली वस्तुको निर्यात ११५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यही अवधिमा नेपालबाट रू। ९ अर्ब ६२ करोडको वस्तु निर्यात भएकोमा उक्त निर्यात बढेर रू। २० अर्ब ७६ करोड पुगेको छ ।

विभागको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको छ । कुल निर्यातको ४३ दशमलव २५ प्रतिशत अंश रहेको भटमासको तेल रू। ८ अर्ब ९८ करोड बराबरको निर्यात भएको छ । विदेशबाट कच्चा वस्तु ल्याएर प्रशोधन गरिने वस्तुको निर्यात बढेको हो । भटमासपछि पाम र सूर्यमुखी तेलको निर्यात पनि बढेको छ । पामको तेल रू। १ अर्ब ४२ करोडको निर्यात भएको छ । सेन्थेटिक यार्नको निर्यात रू। ९६ करोडको भएको छ भने रू। ८२ करोड बराबरको कार्पेन निर्यात भएको छ । त्यस्तै रू। ७९ करोड बराबरको सूर्यमुखी तेलको निर्यात भएको छ ।

यस अवधिमा आयात ७५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यही अवधिमा रू। ८५ अर्ब ८० करोडको आयात भएकोमा यस वर्ष बढेर १ खर्ब ५० अर्ब ७३ करोड बराबरको वस्तु आयात भएको छ । यस अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । विभागका अनुसार १५ अर्ब १ करोडको डिजेल, पेट्रोल तथा खाना पकाउने ग्यासको आयात भएको छ । 

यसैगरी अघिल्लो वर्षको साउनदेखि नै निरन्तर बढ्दै गएको मोबाइलको आयात पहिलो महीनामा रू। ४ अर्ब ८२ करोडको भएको छ । त्यसपछि फलाम, खाद्य सामग्री, ल्यापटपलगायत वस्तुको सबैभन्दा बढी आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस