aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

मुखियाले मुलाबाट ९० दिनमा ३ लाख कमाए

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • सोमबार, १४ भदौ २०७८
मुखियाले मुलाबाट ९० दिनमा ३ लाख कमाए

पाँचथर । पाँचथरको फिदिम नगरपािलका-३ का सिम्लेका सन्तबहादुर मुखियालाई आफ्नो बारीमा उत्पादन भएको मुला बेचेर यो वर्ष ३ लाख रुपैयाँ कमाए । छोटो समय र कम मिहनेतबाटै राम्ररी मुला उत्पादन गर्न सकिने भएकाले मुलाबाट छिटो र राम्रो आम्दानी हुने गरेको हो ।

बारीमा छरेको ९० दिनमा मुला उत्पादन हुन्छ, मुखियाले भने, एक वर्षमा तीन सिजन मुलाको खेती गर्न सकिन्छ । मुखियाले तीन सिजनमा उत्पादन भएको मुला बेचेर ३ लाख रुपैयाँ हात पारेका हुन् ।

फिदिमको लालीखर्क, सुकेपोखरी, सिलौटी, इथुङ र फाल्गुनन्द गाउापालिकाको केही भागमा मुलाको व्यवसायिक खेती गरिएके छ । पाँचथरका करिब ३० हजार किसानले मुला खेती गरेर मनग्य आम्दान लिन थालेका छन् । किसानले बारीबाटै प्रतिकिलो १२ रुपैयाँको दरले मुला बिक्री गर्छन् ।

यो क्षेत्रबाट दैनिक १५ पिकअप ९गाडी० मुला निर्यात हुने अनुमान गरिएको छ । एउटा पीकअपबाट २ हजार ४ सय किलो मुला निर्यात हुन्छ । यसरी हेर्दा पाँचथरबाट दैनिक ३६ लाख किलो मूला निर्यात हुने गरेको छ । प्रतिकिलो १२ रुपैयाँले मुला निर्यात हुँदा दैनिक ४ लाख ३२ हजार रुपैयाँ किसानको हातमा पर्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस