aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

गुगलद्वारा भारतमा अर्को ठूलो लगानी गर्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ भदौ २०७८
गुगलद्वारा भारतमा अर्को ठूलो लगानी गर्ने तयारी

एजेन्सी । भारतमा गुगलको लगानीको अर्को ठूलो तयारी छ । गुगलले भारती एयरटेलमा लगानी गर्ने योजना बनाइरहेको छ । अर्कोतर्फ भारती एयरटेलले पैसा जुटाउन आइतबार बोर्ड बैठक बोलाएको छ । यसअघि गुगल कम्पनीले गत वर्ष जुलाईमा रिलायन्स इन्डस्ट्रीजको टेलिकम कम्पनी जियोमा ३३,७३७ करोड रुपैयाँ लगानी गरेको थियो ।

भारती एयरटेलको शेयर शुक्रवार १% भन्दा बढि ५९४ रुपैयाँमा बन्द भएको छ । यसअघि फेब्रुअरीमा एयरटेलले करिब ९ हजार करोड रुपैयाँ उठाएको थियो । कम्पनीले आइतबार हुने बैठकमा बैठकले इक्विटीबाट पैसा उठाउने योजना बनाएको छ । १.७ बैंक र अन्य वित्तीय संस्थाबाट ऋण लिएको छ ।  
 
भोडाफोन आइडिया भारतको तीन टेलिकम कम्पनीहरु जियो, एयरटेल र भोडाफोन आइडियाको बिचमा सबैभन्दा खराब अवस्थामा छन । यसमा १.९२ लाख करोड ऋण छ । यो त्रैमासिक आधारमा ७ हजार करोड रुपैयाँ को घाटामा छ ।

रिपोर्टका अनुुसार मुख्य प्रतिद्वन्द्वी कम्पनी एयरटेल गुगलमा हजारौं करोड लगानी गर्न सक्छ । गुगल एयरटेलसंग कुराकानी गरेको छ । जियोको तुलनामा कम मूल्यमा गुगलले एयरटेलमा हिस्सेदारी पाउन सक्छ। गुगलले जियोमा ४.३६ लाख करोडको मूल्यमा लगानी गरेको थियो। यदि गुगल एयरटेलमा लगानी गर्छ भने यो भारतीय दूरसंचार उद्योगमा एक फरक खेलाडी बन्नेछ । 
 

प्रतिक्रिया दिनुहोस