aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

मन्त्रिपरिषद् विस्तार गर्न बालुवाटारमा बैठक जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ भदौ २०७८
मन्त्रिपरिषद् विस्तार गर्न बालुवाटारमा बैठक जारी

काठमाडौं । सरकारमा सहभागी दलका शिर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटार जारी रहेको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न बिहान ९ बजेदेखि बालुवाटारमा बैठक जारी रहेको हो ।  

स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको छ । साथै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी रहेका छन् । त्यस्तै, कांग्रेसका तर्फबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, माओवादीबाट नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट नेपालसँगै वेदुराम भुसाल र समाजवादीबाट डा. बाबुराम भट्टराइ समेत सहभागी रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस