aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ओलीले एक रुपयाँ समेत नदिने बताएपछि वायुसेवा व्यवस्थापन करारमा दिने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
ओलीले एक रुपयाँ समेत नदिने बताएपछि वायुसेवा व्यवस्थापन करारमा दिने तयारी

नेपाल बायुसेवा निगमले संस्थाको व्यवश्थापन करारमा दिने तयारी पुन: शुरु गरेको छ। जहाज किन्न लिएको ऋणको किस्ता समेत तिर्न कठिन भएपछी निगमले सरकारसंग रु. २० अर्व पुंजी माग गरेको थियो। 

तर सरकारले यथास्थितिमा रकम दिन नसकिने बताएपछी व्यवश्थापन सुधारका लागि निगमले यो रणनीति अपनाउन लागेको हो। त्यसका लागि निगमले पुर्व निर्देशक राजु बहादुर केसीको संयोजकत्वमा पांच सदस्यीय बिग्य समिति गठन गरि काम अगाडी बढेको छ। 

गतसाता सम्पन्न निगमको ६१औ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले निगम सहि ढंगले चलन नसकेको र यथास्थितिमा निगमलाई १ रुपयाँ पनि दिन नसकिने बताएको समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ। ।

प्रतिक्रिया दिनुहोस