मापदण्ड बिपरितको गुणस्तरहीन लिपिस्टिक बिक्रि गर्न र आयत गर्न नपाइने भएको छ। गुणस्तर तथा नापतौल विभागले लिपिस्टिक, स्किन क्रिम, र स्किन लोसनको मापदण्ड तयार गरि गुणस्तरहीन लिपिस्टिक वितरण गर्नेलाई तीन महिना कैदको व्यवस्था गरेको हो।
नेपाल गुणस्तर परिषद्को हालै बसेको बैठकले सो मापदण्ड स्वीकृत गरेको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।
विभागका अनुसार स्वीकृत मापदण्ड बिपरित र मापदण्ड भन्दा बढी परिमाणमा रसायन मिसाईअएको गुणस्तरहीन लिपिस्टिक, स्किन क्रिम र स्किन लोसन बिक्रि गरे ब्यापारीलाई तीन महिनाको कैद सहित पाँच हजार जरिवाना गराउने व्यवस्था गरिएको छ।
प्रतिक्रिया दिनुहोस