सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको एघार महनिापछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।
आइतबार साँझ सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् । तत्कालीन एमालेले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको छ ।
यसो गर्दा केही जिल्ला अध्यक्ष भइसकेका नेताको सचिवमासमेत घटुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस