aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

अदानी समूहका अध्यक्ष एसियाको दोस्रो धनी व्यापारी बने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ भदौ २०७८
अदानी समूहका अध्यक्ष एसियाको दोस्रो धनी व्यापारी बने

एजेन्सी । अदानी समूहका अध्यक्ष गौतम अडानी एक पटक फेरी एसियाको दोस्रो धनी व्यापारी बनेका छन्। उनी विश्वको १४ औं धनी व्यापारी पर्न सफल भएका छन। रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानी एशियाका पहिलो र विश्वका १२ औं धनी व्यापारी हुन्। यो जानकारी सेप्टेम्बर १ को ब्लूमबर्ग बिलियनेयर इन्डेक्स को रिपोर्टमा दिइएको छ।

रिपोर्टका अनुसार अमेजनका जेफ बेजोस अझै विश्वमा नम्बर एक छन्। उनको नेट वर्थ २०० बिलियन डलर भन्दा धेरै छ। टेस्लाका मालिक एलोन मस्क १९९ अर्ब डलरको साथमा दोस्रो स्थानमा छन्। अरबपतिहरुको सूचीमा मुकेश अम्बानीको सम्पत्ति ६.५५ लाख करोड रुपैयाँ थियो। गौतम अदानीको सम्पत्ति ५.२४ लाख करोड रुपैयाँ थियो।

अम्बानी रैंकिंगमा अदानीभन्दा अगाडि हुन सक्छन, तर पैसा कमाउनमा अडानी अम्बानीभन्दापछि परेका छन। अडानीले फेरी पुरानो अर्बपतिको सूचीकोरैंकिंग पाउनुको कारण उनीहरुको कम्पनीको शेयरमा भएको वृद्धि हो। उनका तीन कम्पनी अदानी पावर, अदानी ग्याँस र अदानी ट्रान्समिशनको शेयरमा पछिल्लो १० दिनमा राम्रो नाफा देखिएको छ। 

प्रतिक्रिया दिनुहोस