aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

स्मार्टडोकोले ल्यायो ‘फादर्श डे अफर’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ भदौ २०७८
स्मार्टडोकोले ल्यायो ‘फादर्श डे अफर’

काठमाडौं । बुवाको मुख हेर्ने दिनमा नेपालको नम्बर वान अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘फादर्श डे अफर’ ल्याएको छ । हालै आइएमएस ग्रुपले प्राप्ति गरेको यस इकमर्स कम्पनी इकमर्स एपमा नम्बर वान बन्न समेत सफल भइसकेको छ ।   

ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक (५०० सम्म), साथै माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (रु ५०० सम्म) र नेपाल इन्भेष्टमेन्ट बैंकका डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक (रु ५०० सम्म) को छुट पाउनेछन् । 

स्मार्टडोकोले दैनिक रुपमा आर्कषक अफर पनि ग्राहकमाझ ल्याएको छ । स्मार्टडोको अनलाइनबाट सामान खरिद गर्दा ग्राहकले हरेक दिन उपहार पनि पाउन सक्नेछन् । स्मार्टडोकाले बुबाको मुख हेर्ने दिनको अवसरमा बेस्ट डिल र डिस्काउन्टको अफर पनि ल्याएको छ । जस अन्तर्गत ग्राहकले गिफ्ट सेट, केक र स्वीट, घडीहरु, विभिन्न प्रकारका खाना, पर्फ्युम हेल्थ एण्ड फिटनेस प्रडक्टमा ६० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । 

ग्राहकले आफ्नो मनपर्ने सामानहरु एन्ड्रोइड र आइओएस दुबैमा स्मार्टडोको एप डाउनलोड गरी वा अनलाइनमार्फत् पनि अर्डर गर्न सक्नेछन् । स्मार्टडोकोसँग हाल १० हजारभन्दा बढी प्रडक्टहरु विभिन्न क्याटेगोरीमा उपलब्ध छन् । जसमा ग्राहकले सजिलैसँग बेबी केयर, इलेक्ट्रोनिक्स, फू्रड एण्ड ग्रोसरिज, कोभिडका अत्यावश्यक सामग्री, हेल्थ एण्ड ब्यूटी, होम एण्ड लिभिङ तथा विभिन्न प्रकारका प्रडक्ट खरिद गर्न सक्नेछन् । 

स्मार्टडोकोको ग्राहकले काठमाडौं उपत्यकाको रिङरोडभित्र न्यूनतम २५० रुपैयाँको सामान खरिद गर्दा निःशुल्क डेलिभरी समेत उपलब्ध गराएको छ । साथै रिङरोडबाहिरको हकमा न्यूनतम डेलिभरी शुल्कमा सेवा उपलब्ध गराएको छ ।  
 

प्रतिक्रिया दिनुहोस