aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

धानको मूल्य नपाउदा किसान चिन्तित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ भदौ २०७८
धानको मूल्य नपाउदा किसान चिन्तित

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका(११ का ४२ वर्षीय किसान दिनेश्‍वर महतो ठूलो मात्रामा धान उब्जनी गरे पनि बजारमा उचित मुल्य नपाउँदा चिन्तित छन् ।एक बिघामै २५ क्‍विन्टल धान फल्दा उनी दंग परेका थिए । गत वर्ष प्रतिक्‍विन्टल २५ सयका दरले धान बिक्री समेत भएपछि उत्साही हुँदै ठूलो मात्रामा धान लगाएका थिए ।

तर, यस वर्ष लगानी समेत नउठेपछि निराश बनेका छन् दिनेश्‍वर । एक बिघामा धान उब्जाउन ५० हजार रुपैयाँ लगानी हुने उनको अनुभव छ । तर पछिल्लो पटक धानको भाउ नपाउँदा गौशालाका किसानहरु निराश बनेका छन् ।

लगानी समेत नउठ्ने भएपछि उनीहरु चिन्तित बनेका छन् । स्थानीय किसानहरुका अनुसार पछिल्लो वर्ष राम्रो वर्षा हुँदा धान खेती समेत फस्टाएको थियो । धान राम्ररी फले पनि बजार भाउ नपाउँदा किसानहरु दुखी बनेका हसन् ।

गत वर्ष प्रतिक्‍विन्टल २५ सयका दरले धान बिक्री भएकोमा यस वर्ष प्रतिक्‍विन्टल १८ सय देखि २ हजारका दरले मात्रै धान बिक्री भइरहेको गौशालाका किसानहरु बताउँछन् ।

‘यस वर्ष पनि किसानले समयमा मलखाद्य पाउन सकेनन् । खेतमा धान उत्पादनमा केही मात्रामा ह्रास आएको छ,’ महतोले भने, ‘यता हाल बजारमा कायम रहेको धानको मुल्यले धान खेती गर्ने किसानहरुको आशालाई निराशामा परिणत गरिदिएको छ ।’

धान खेती गर्ने किसानहरुको हकमा स्थानीय सरकारले सोच्नुपर्ने आवश्यक रहेको बर्दिवास नगरपालिका १२ बिजलपुरका शंकर सिंहले बताए । उनी भन्छन–‘मलखाद्य, बिउ बिजन र सिंचाइको हकमा स्थानीय सरकारले किसानमैत्री नीति ल्याउनुपर्छ । सहुलीयत दररेटमा खेतीपाती गर्न कृषि सामग्रीको बन्दोवस्तको लागि सशक्त भूमिकामा आउनुपर्छ ।’

सिंचाईको अभावमा अर्थात अकाशे पानीको भरमा खेतीपाती गर्दैआएका गौशाला(१० भरतपुरका तनुकलाल कुशवाहालाई बजार भाउले पिरोलिरको छ । तनुकलाल भन्छन्, ‘खेतीपाती गर्ने क्रममा दिनानुदिन मजदुरी, मलखाद्यको भाउमा बृद्धि भइरहेको छ ।ु

एक बिघामा धान खेती गर्न करिव ५० हजार लगानी लाग्ने किसानहरु बताउँछन् । तर बिक्री गर्ने समयमा धान खेती गर्ने किसानले उत्पादन अनुसारको बजार भाउ नपाएको उनीहरुको गुनासो छ । स्थानीय सरकारले लगानी अनुसारको मुल्यांकन गरी धान लगायत कृषि सामग्रीको उचित तरिकाले मुल्यांकन गरी बजार भाउ निर्धारण गर्नुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस