aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेपाली सेनामा चार हजार सैन्य पदमा भर्ना खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ भदौ २०७८
नेपाली सेनामा चार हजार सैन्य पदमा भर्ना खुल्यो

काठमाडौं । नेपाली सेनाले ठुलो संख्यामा सैन्य पदका लागि भर्ना खुलाएको छ । सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो । 

बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ । दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस