
फिल्म निर्देशक तथा निर्माता छवी ओझा र उनकी श्रीमाति नायिका शिल्पा पोखरेलबीच रहेको विवाद छलफलबाट टुंगिएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि पाखरेलले श्रीमान्बाट आफू असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् ।
परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित गरेका छन् । पाखरेलले श्रीमानबाटै असुरक्षित भएकाे भन्दै छवीसँग डिभोर्सको माग राखेकी थिइन् ।
दुवै जनाबीच सहमति भए पनि शिल्पा छविसँग पहिलेझैँ सँगै बस्छिन्-बस्दिनन् भन्ने चाहिँ स्पष्ट भइसकेको छैन ।
नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए ।
लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष निर्माता ओझाले आफूहरुले विवाह गरिसकेको स्वीकारेका थिए । लामाे समयसम्म श्रीमान श्रीमतिकाे रूपमा बसे पनि केही महिना अघि मात्र सार्वजनिक रूपमा बिवाहा गरेकाे स्वीकार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस