aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

आर्थिक नियम मिचेर राज्यको ढुकुटी मेयर उपमेयरसहितले खल्तीमा हाले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १९ भदौ २०७८
आर्थिक नियम मिचेर राज्यको ढुकुटी मेयर उपमेयरसहितले खल्तीमा हाले

काठमाडौं । काठमाडौं महानगरपालिका मात्रै आर्थिक दुरुपयोगको अखडा बनेको छैन । अरु पाँच महानगरपालिकाले पनि बेथितिमा काठमाडौंकै पथ पछ्याएका छन् ।

मेयर उपमेयरसहितका पदाधिकारीले सुविधाको नाममा आर्थिक नियम मिचेर राज्यको ढुकुटी खल्तीमा हालेका छन् । अनियमितातको प्रकृति र शैली सबै महानगरको एकैनासको छ । आर्थिक अपचलनमा काठमाडौं भन्दा पनि अगाडि देखिएको छ । वीरगन्ज महानगरपालिका । ०७६ र ७७ मा १२ अर्ब ९६ करोड २२ लाख कुल बजेट रहेको काठमाडौं महानगरमा एक अर्ब ९४ करोड ११ लाख बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

बेरुजुको यो अंक कुल बजेटको १५ प्रतिशत हो । जब कि कुल बजेट चार अर्ब ४८ करोड ८९ लाख रहेको वीगन्जमा ७५ करोड ६७ लाख बेरुजु छ, जुन १७ प्रतिशत हो । महालेखाले २२ करोड ९६ लाख असुल गर्न वीरगन्जलाई निदेर्शन दिएको छ । वीरगन्जका मेयर विजयकुमार सराबगीले मन्त्रिपरिषद्को स्वीकृति नलिई भारतको गोवा भ्रमण गरेर साढे दुई लाख सर्काका छन् । अधिकृत विकासकुमार मिश्रलाई लिएर भ्रमण गएका उनले महानगरको कोषबाट दुई लाख ६६ हजार खर्च गरेका हुन् । नयाँ पत्रिका दैनिकबाट
 

प्रतिक्रिया दिनुहोस