
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले मलेनियम च्यालेन्ज एकाउण्ट(एमसीसी)को बारेमा विरोध गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्य भीम रावलको चर्को आलोचना गरेकी छन् ।
ओली नेतृत्वको सरकारका पालामा एमसीसी पास गर्न नपाएर अन्य पार्टीका नेतालाई गाली गर्ने केपी ओलीले देउवा सरकारले एमसीसी पास गर्छ कहिले गर्छ गर्दैन भनेर अहिले विरोधमा उभिएकोमा झाक्रीले आक्रोश पोखिन ।
शनिबार प्रदेश १ को सुनसरीको इनरुवामा नेकपा एमाले एकिकृत समाजवादीको प्रथम नगर कमिटीको भेलालाई सम्बोधन गर्दै ओलीले नै महाकाली सन्धिमा राष्ट्रघात गरेका ओलीको आलोचना गरेकी हुन । उनले रावलले भने राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी ब्याख्या गर्ने नेताका रुपमा आफ्नो परिचय बनाएको आरोप लगाइन ।
प्रतिक्रिया दिनुहोस