aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

मोदीको पुत्ला जलाइएको प्रति मन्त्रालयको आपत्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० भदौ २०७८
मोदीको पुत्ला जलाइएको प्रति मन्त्रालयको आपत्ति

काठमाडौं । गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै गम्भीर आपत्ति जनाएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।  

मन्त्रालयले मित्राष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भइ कानुन हातमा लिन खोज्नेलाई कारबाही गरिने पनि स्पष्ट पारेको छ। ‘नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ’, विज्ञप्तिमा भनिएको छ, ‘मित्रराष्ट्रहरूसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैमा आग्रह गरिन्छ।’  

प्रतिक्रिया दिनुहोस