काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा आयोजित शैक्षिक मेलामा विद्यार्थीहरुलाई घरदेखि मेलासम्म आउनका लागि निशुल्क गाडीको सेवा उपलब्ध गराएको छ ।
इक्यानका महासचिव शेषराज भट्टराईका अनुसार मेलाका ४ वटै दिन विभिन्न रुटबाट आउने विद्यार्थीलाई लक्षित गरी निशुल्क गाडीको व्यवस्था गरिएको हो ।
भट्टराईका अनुसार ५ वटा रुटमा निशुल्क गाडीका व्यवस्था गरिएको छ । जसमा पहिलो रुट अन्तर्गत बुढानिलकण्ठ–चक्रपथ–सुकेधारा–गोपिकृष्ण हल र चावहिल हुँदै भृकुटिमण्डपमा निशुल्क गाडी चल्नेछन ।
त्यस्तै, दोस्रो रुट अन्तर्गत धुलिखेल–बनेपा–जगाती–कोटेश्वरहुँदै सिनामंगल– पुरानोबानेश्वर–अनामनगर र भृकुटिमण्डप आउनेछ ।
इक्यानका अनुसार तेस्रो रुट अन्तर्गत गोदाबरी–सातदोबाटो–लगनखेल–थापाथली–रामशाहपथ–पुतलीसडकहुँदै भृकुटिमण्डप आइपुग्नेछ । भने चौथो
रुट अन्तर्गत कीर्तिपुर–सातदोबाटो–कुमारीपाटी–लगनखेल–थापाथलीहुँदै भृकुटीमण्डप मेला स्थलमा आउनेछ ।
साथै पाँचौ रुट थानकोट–नैकाप–कलंकी–बल्खु–चक्रपथ–नयाँबजार–गोंगबुहुँदै भृकुटिमण्डप आउनेछ ।
मेला अवलोकन गर्न चाहने विद्यार्थी तथा अभिभावकहरुले फेसबुक पेजको म्यासेजमा आफ्नो सम्पर्क नम्बर रजिष्ट्रेसन गर्नुपर्छ । रजिष्ट्रेसनपछि विद्यार्थीलाई फोनमार्फत सम्पर्क गरी रुटअनुसार मेलास्थलसम्म विद्यार्थी ल्याउने इक्यानले जानकारी दिएको छ ।
साथै मेलामा लक्की ड्रको समेत व्यवस्था गरिएको छ । जस अन्तर्गत विद्यार्थीले मोटरबाइक, ल्यापटप र मोबाइल जित्न सक्नेछन् ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी आयोजित मेलामा विभिन्न देशका विश्वविद्यालय र कलेजका प्रतिनिधी तथा स्वदेशका १५० भन्दा बढी एजुकेशन कन्सलटेन्सीको सहभागी छन् ।
मेला असार २६ गतेदेखि राजधानीमा आयोजित मेला ४ दिनसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस