
एजेन्सी । भारतीय ऋणीहरुले संयुक्त अरब इमिरेट्का बैंक तथा वित्तीय संस्थाहरुबाट ३५ बिलियन डलर ऋण लिएर फरार रहेका छन् । भारतीयहरुले सन् २०१५ र २०१९को बीच अनुमानित ३५ बिलियन डलर ऋण लिएर देश छोडेको गल्फ न्युजले खबर प्रकाशित गरेको छ ।
जबकि बैंकहरु यीमध्ये धेरैबाट ऋण उठाउन असफल भएका छन् । गल्फ न्यूज दिएको जानकारी अनुसार केहि ऋणीहरुले मात्र उनीहरुको व्यापार व्यवसाय कमजोर रहेकाले ऋण चुक्ता गर्न नसकेको जानकारी दिएका छन् ।
अब्राहम थोमस (नाम परिवर्तन) दुबईका एक व्यापारी जो दुई स्टिल फेब्रिकेसनको काम गर्ने गरेका थिए । उनले दुबईका ठूलो निर्माण कम्पनीहरुको लागी परियोजनाहरुको स्वामित्व रहेका थिए तर, उनले आफ्नो ऋणको दायित्व छोडेर २०१८ मा देश छोडे ।
२०२० को प्रारम्भमा भारत र युएई भारतका व्यापारी विरुद्ध संयुक्त अरब इमिरेट्को अदालतको फैसला मान्न तयार रहेका थिए । भारतमा कानून व्यवसायी हाइर गर्न महँगो छ । कानुनी प्रत्रियालाई पछ्याउदा लामो समय लाग्ने र प्रक्रिया समेत लामो हुने गरेको छ । पछिल्लो पटक कोभिड १९ का कारणले यो प्रक्रिया झन जटिल बनेको छ ।
प्रतिक्रिया दिनुहोस