aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

अफगानस्तानमा भारतीय कपडा व्यापारीको ४ हजार करोड फस्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ भदौ २०७८
अफगानस्तानमा भारतीय कपडा व्यापारीको ४ हजार करोड फस्यो

एजेन्सी । भारतका सूरतका कपडा व्यापारीहरु अफगानस्तानमा ४ हजार करोड भारु फसेको छ । अफगानस्तानमा तालिबानको हातमा सत्ता आएपछि यो संकट उत्पन्न भएको हो । अफगानिस्तानको केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई कर्पोरेट बैंक खाता वालाहरुलाई कुनै पनि प्रयोजनको लागी विदेशबाट पैसा निकाल्न वा लेनदेन गर्नको लागी इलेक्ट्रोनिक लेनदेन नदिन निर्देशन दिएको छ ।

भारतको सूरत टेक्सटाइल ट्रेडर्स एसोसिएसन महासंघका महासचिव चम्पालाल बोथराका अनुसार अफगानिस्तान दुबई हुँदै कपडा पठाउने गरेको थियो ।  बंगलादेशबाट निर्यात सस्तो भएपछि बंगलादेशबाट त्यहाँ सामान पठाउन शुरू गरेका थियौ ।

निर्यात केही समयका लागि रोकिएको छ भने भुक्तानी करिब ४ हजार करोड रुपैयाँ भारु रोकिएको छ त्यो कहिले आउछ थाहा छैन उनले भने । भारतबाट लुगा बाहेक, रेशम र स्कार्फ, लुगा र काफ्टन जस्तै रेडीमेड कपडाहरु अफगास्तान निर्यात गर्ने गरेका थिए । डलरको तुलनामा अफगानिस्तानको मुद्रा कमजोर भएको छ । 

अफगानिस्तानका व्यापारीहरूले दिएको रिपोर्टका अनुसार अफगानस्तानको केन्द्रीय बैंकले स्थानीय बैंकहरुलाई पर्याप्त डलर नदिएका कारणले समस्या भएको बताएका छन् । भारतको सूरतमा ३८० कपडा मिल, ६५०,००० लूम, ६५,००० व्यापारी र १०,००,००० एब्राइडरी युनिट छन जसमा लगभग ११ लाख मानिसहरुले रोजगारी पाएका छन् । 

प्रतिक्रिया दिनुहोस