aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

असोज महिनाभित्रै ३३ प्रतिशतलाई खोप लगाउँछौँः प्रधानमन्त्री देउवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ भदौ २०७८
असोज महिनाभित्रै ३३ प्रतिशतलाई खोप लगाउँछौँः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि  दक्षिण–पूर्वी एशियाली देशबीच सहयोग आवश्यक रहेको बताएका छन् ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय समितिको आजदेखि यहाँ शुरु भएको ७४औँ बैठकलाई भर्चुअलरुपमा सम्बोधन गर्दै उनले कोरोना महामारीले जीवन, जनस्वास्थ्य तथा सामाजिक सुरक्षामा असर पारेको भन्दै अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरबाट महामारी रोक्न सबैको सहयोग आवश्यक रहेको बताएका हुन् । 

उनले नेपालले स्वास्थ्य प्रणालीले अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा क्षमताभन्दा बढी भार थेग्नु परिरहेको अहिलेको अवस्थामा यस क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि बैठकले महत्वपूर्ण निर्णय लिने बताए । उनले मानवताका लागि नेपालले खोप, औषधि, उपकरण तथा प्रविधिमा समतामूलक पहुँच सुनिश्चित गर्नु आवश्यक रहेको र पहुँच नपुगकाहरुलाई  प्राथमिकतामा राखेको बताए ।  

प्रधानमन्त्री देउवाले नेपालतर्फबाट स्वास्थ्यमन्त्रीको हैसियतमा अध्यक्षतामा ग्रहण गरे । बैठकमा स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सबै मिलेर कोरोना भाइरस रोकथाम गर्नुपर्ने बताए । उनले अहिले नेपालमा एक करोडभन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेको भन्दै आगामी असोज महिनाभित्रमा नै ३३ प्रतिशतलाई खोप लगाउने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस