
काठमाडौं । कोरोनाको प्रकोप बाँकी नै रहँदा सरकारले निषेधाज्ञा हटायो । स्पष्टरुपमा भन्नुपर्दा सरकारलाई जनताभन्दा ठुलो कर भयो । निषेधाज्ञा हट्यो । २०७६ चैत ११ गते सरकारले पहिलो लकडाउन लगाएको थियो । १ जना कोरोनाको संक्रमित भेटिनु लकडाउनको कारण बन्न पुग्यो ।
आमजनताको जीवन अमूल्य छ । जनताविना देशको विकास सम्भव छैन । एकजना मर्दा पनि देशलाई धेरै घाटा हुन्छ भनेर सरकारले अनिश्चिकालीन लकडाउनको घोषणा ग¥यो । जनताको बाँच्न पाउने हकको सुरक्षा भयो । तर आर्थिक प्रलोभन र राजनीतिक दबाबका कारण राज्यले लकडाउन खुकुलो पार्दै गयो । अन्ततः लकडाउन हट्यो ।
कोरोनाको पहिलो लहर सिद्धिन नपाउँदै दोस्रो लहरले आक्रमण गर्न थाल्यो । पहिलो कोरोना कहरमा भन्दा दोस्रो कहरमा धेरैले ज्यान गुमाए । २०७८ वैशाख १६ मा पुनः लकडाउनको घोषणा गरियो । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको औषधि छैन । खोप पनि अरुको भरमा छ । नेपालका आधाभन्दा कम जनसंख्याले मात्र खोप पाएका छन् ।
कोरोनाको कारण निषेध गरिएका विभिन्न क्षेत्रहरु पुनः सञ्चालनमा आउन थालेका छन् । कर उठाउनको लागि सरकारले खुकुलो पारेको निषेधाज्ञा अहिले खुल्न थालेका छन् । करिब डेढ वर्षदेखि अस्तव्यस्त बनेका व्यापार व्यवसाय कर तिर्नकै लागि भनेर पनि सञ्चालनमा आए ।
अहिलेको अवस्थालाई अध्ययन गर्ने हो भने कोरोनाको प्रकोप घटेको छैन । मुत्युदर केही कम भए पनि कोरोना हटिसकेको छैन । यस्तोमा सबै व्यापार व्यवसाय सञ्चालन गर्न दिनु उचित होला रुश्र साउनयता चाडबाडको ओइरो लाग्दै छ । अझै नेपालीहरुको महान् चाड दशैं–तिहार क्रमशः आउँदै छ । त्यतिखेर कोरोनाको स्थिति कस्तो होला ? बाटोघाटोमा स्वास्थ्य मापदण्डको पालना नगरी हिँड्ने त्यत्तिकै छन् । सरकारले सबैको लागि बनाएको स्वास्थ्य मापदण्ड कसैले टेरेका छैनन् । जनताको मात्रै कुरा गरेको होइन । राजनीतिक दल र आन्दोलनकारी पनि यसभित्र नै पर्दछन् ।
प्रतिक्रिया दिनुहोस