
काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको सरुवा भएका छन् । गृह मन्त्रालयले प्रजिअ पराजुलीलाई गृह मन्त्रालयको प्रशासन महाशाखामा सरुवा गरेको हो ।
पराजुलीको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ । पराजुली गत वर्ष मंसिरमा काठमाडौंका सिडिओ बनेका थिए।
प्रतिक्रिया दिनुहोस