
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २ सय ५० वटा उजुरीमाथि अनुसन्धान थालेको छ । विभागले पर्याप्त प्रमाण पुगेका सम्पत्ति शुद्धीकरण सम्बन्धमा परेका उजुरीमाथि अनुसन्धान अघि बढाएको हो । विभागले स्थापनाकालदेखि आठ वर्षको अवधिमा हालसम्म ५१ वटा उजुरीमाथि मात्र मुद्दा दायर गरेको छ ।विभिन्न क्षेत्रबाट संकलित प्रमाणका आधारमा दोषी ठहर भएपछि विभागले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
विभागका अनुसार ४९ वटा सम्पत्ति शुद्धीकरण र दुई वटा आतंककारी क्रियाकलापबाट सम्पत्ति आर्जन गरी लगानी गरेका मुद्दा छन् । ती सबै उजुरी अनुसन्धानकै क्रममा छन् । मुलुकभरबाट प्राप्त भएका कागजपत्र तथा विभागलाई प्राप्त भएका विभिन्न प्रमाणका आधारमा दोषी ठहर भएपछि मुद्दा दायर गरिएको विभागले जनाएको छ । राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस