
काठमाडौं । बिहीबार अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारविरुद्ध विमान स्थल लगायत राजधानीका विभिन्न स्थानमा ठूलो विरोध भएको छ । उक्त विरोध प्रदर्शनमा संलग्न ६२ जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार (एमसीसी) नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष सुमारविरुद्ध विरोधमा उत्रने ६२ जनलाई पक्राउ गरि राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
नेपाल कम्युनिष्ट पार्टी माओबादी नेत्रविक्रम चन्द (विप्लव) समूह र नेकपा मालेका नेता कार्यककर्ता धेरै रहेको प्रहरीले जनाएको छ । त्यस्त पक्राउ पर्नेहरुमा सामाजिक अभियान्त तथा कानुन व्यवसायीहरु समेत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस