aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ भदौ २०७८
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक बिहान ११ः४५ मा बस्नेगरी बोलाएका हुन् ।  

आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक पनि दिउँसो १ बजे बोलाइएको छ । बुधवारको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेको थियो । त्यस्तै, मन्त्रिपरिषद्को बैठक अघि बिहान ९ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाइएको थियो । 

प्रतिक्रिया दिनुहोस