aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल प्रहरीमा खुल्यो ठूलो संख्यामा जागिर (सूचनासहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ भदौ २०७८
नेपाल प्रहरीमा खुल्यो ठूलो संख्यामा जागिर (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा नयाँ विज्ञापन खोलेको छ । प्रहरीले ७ वटा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा २ सय २१ जनाको लागि शुक्रबार नयाँ विज्ञापन खोलेको हो । विज्ञापनअनुसार सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ ।

त्यसपछि सूचना प्रविधि अन्तर्गत ३ पदमा ६४ जना, सञ्चार अन्तर्गत ३ पदमा ३५ जना, विधिविज्ञान प्रयोगशाला अन्तर्गत १७ जनाको माग गरिएको छ । यस्तै भौतिक पूर्वाधारतर्फ ६ तथा केनाइन र हातहतियार मर्मत अन्तर्गत १र१ जना माग गरिएको छ । 

दरखास्त दिने मिति २७ भदौदेखि ७ कार्तिक तोकिएको छ । माग गरिएका पदहरू प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी नायव उपरीक्षक (डिएसपी) सम्म छन् । 

हेर्नुहोस् विज्ञापन 

 

प्रतिक्रिया दिनुहोस