aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पत्रकारिता प्रति ओलीको तिखो व्यंग बाण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ असार २०७६
पत्रकारिता प्रति ओलीको तिखो व्यंग बाण

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भ्रम फिजाउन केही सञ्चारमाध्यमले मिसन पत्रकारिता गर्न थालेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिकोत्सव कार्यक्रममा सहभागि हुँदा जमिनमा ओछ्याइएको रातो कार्पेटबारे सञ्चारमाध्यममा प्रकाशित समाारलाई लिएर प्रधानमन्त्रीले मिसन पत्रकारिताबाट आफू हैरान भएको बताएका हुन् ।

पानीले भिजेको रातो कार्पेटलाई सञ्चारमाध्ययमले ठूलो समाचार बनाउनु मिसन पत्रकारिता भएको र यसले सरकारविरुद्ध भ्रम सिर्जना गरेको उनको भनाइ थियो। ‘म प्रधानमन्त्री भएको एक वर्ष भयो,’ उनले भने, ‘देशका सबै सडक कालोपत्रे गर्न सकेनछु।’ तर त्यसलाई पनि समाचार बनाएको उल्लेख गर्दै उनले भने, ‘धन्य छ मिसन पत्रकारिता।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस