aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एमालेद्वारा शुक्रवार पनि संसदमा नाराबाजी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ भदौ २०७८
एमालेद्वारा शुक्रवार पनि संसदमा नाराबाजी

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा पनि अवरोध गरेको छ। बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरु नाराबाजी गर्दै विरोधमा उत्रिएका हुन्। उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा लगाएका छन् ।

सभामुख सापकोटाले जनताको चासो र चिन्ताको विषयमाथि सांसदहरूले कुरा उठाउने हुने भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि एमालेका सांसदहरूको नाराबाजी जारी राखे । सभामुख सापकोटाले बारम्बार बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरिरहे । सभामुखको आग्रहलाई बेवास्ता गर्दै प्रतिपक्षबाट निरन्तर नारावाजी गर्दै विरोध भइरह्यो ।

सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयलाई सदनमा उठाउन बन्देज रहेको बारेमा ध्यानाकर्षण गराए । प्रमुख प्रतिपक्ष दलको विरोधका कारण गत बुधबारको प्रतिनिधिसभाका तीन वटा बैठक पनि स्थागित भएका थिए ।  

प्रतिक्रिया दिनुहोस