धरानस्थिन बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार सहित दुईजना घूससहित रंगेहात पक्राउ परेका छन् । अख्तियारको टोलीले उनी र डा.रामहरी रौनियारलाई ८ लाख घूस सहित पक्राउ गरेको हो ।
प्रतिष्ठानको भवन निर्माणको ठेक्काको कमिसन बापत घूस बुझ्ने क्रममा उनीहरुलाई अख्तियारले पक्राउ गरेको हो। डा. रामहरी धरानमै एमबीबीएस सकेर एमडी अध्ययनरत रेसिडेन्ट डाक्टर रहेको बताइएको छ। उनी रौनियारका नातेदार समेत रहेको अख्तियार स्रोतले बतायो। धरानमा प्रतिष्ठानका लागि करिब एक करोड रुपैयाँको भवन निर्माण हुँदै गरेको अख्तियार स्रोतको भनाई छ। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
प्रतिक्रिया दिनुहोस