aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

बैठक र भ्रमण भत्ताको बजेट कटौती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ भदौ २०७८
बैठक र भ्रमण भत्ताको बजेट कटौती

काठमाडौं । सरकारले आज प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको छ। प्रतिनिधि सभामा प्रतिस्थापन विधेयकमार्फत् अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेट प्रस्तुत गर्दै बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरेको जनाएका छन् । 

सरकारले उक्त बजेट कटौती गरेर बचत भएको ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको छ । ‘चालु खर्चतर्फ बैठक भत्ता, इन्धन, कर्मचारी तालिम, सिप विकास तथा जनचेतना तालिम, अनुगमन मुल्यांकन भ्रमण खर्च, विविध कार्यक्रम शीर्षकमा न्यूनमत १० प्रतिशत बजेट कटौती गरेको छु । यसरी खर्च कटौती गर्दा तत्काल बचत हुन आउने देखिएको ५ अर्ब कोभिड खोपका लागि उपयोग गर्ने प्रवन्ध मिलाएको छु’, अर्थमन्त्री शर्माले भने ।  
 

प्रतिक्रिया दिनुहोस