aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

सरकारले दीर्घ रोगीलाई मासिक ५ हजार दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ भदौ २०७८
सरकारले दीर्घ रोगीलाई मासिक ५ हजार दिने

काठमाडौं । सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने भएको छ। आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक ५ हजार दिने घोषणा गरेका हुन् । 

संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस