aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

१६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट प्रस्तुत, ७ प्रतिशतको महत्वाकांक्षी आर्थिक वृद्धि लक्ष्य  (बजेट पूर्णपाठ)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ भदौ २०७८
१६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट प्रस्तुत, ७ प्रतिशतको  महत्वाकांक्षी आर्थिक वृद्धि लक्ष्य  (बजेट पूर्णपाठ)

काठमाडौं । चालु आर्थिक वर्षको बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड बिनियोजन भएको छ।  संसदमा प्रतिस्थापन बजेट विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो अनुमान सार्वजनिक गरेका हुन्। 

कुल बजेट मध्ये संघिय सरकारको चालु खर्च तर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड अर्थात् कुल बजेटको ४१ दशमलब ५२ प्रतिशत बिनियोजन गरिएको छ।  पुँजीगत तर्फ ३ खर्ब ७८ अर्ब १० करोड अर्थात् २३ दशमलब १६ प्रतिशत छुट्याइएको छ। 

त्यस्तै, वित्तिय व्यवथापन तर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात् ११ दशमलब ६० प्रतिशत बिनियोजन गरिएको छ। प्रदेश र स्थानिय तहमा बित्तिय हस्तान्तरण तर्फ ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात् २३ दशमलब ७२ प्रतिशत छुट्याइएको छ।   

सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ मा ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान लगाएको छ। आर्थिक वृद्धिको यस्तो महत्वाकांक्षी लक्ष्य राखेको सरकारले मुद्रास्फीति भने ६ दशमलव ५ प्रतिशतको रहने अनुमान गरेको छ।   

सरकारको आर्थिक वृद्धि यो लक्ष्य  पुरा हुने सम्भावना भने निकै न्यून छ।  कोरोना महामारीले थालिएको आर्थिक गतिविधि चलायमान हुन सकेको छैन भने चालु आर्थिक वर्षको सुरुका दुई महिना कुनैपनि काम नै नगरी व्यतित भइसकेको छ। त्यसमाथी हालको तरलता अभाव र अन्य आर्थिक गतिविधीमा आएको गतिरोधले त्यस्तो सम्भावना देखिंदैन। 

प्रतिक्रिया दिनुहोस