
एजेन्सी । श्रीलंका केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन् । चरम आर्थिक संकटमा परेको श्रीलंकमा गभर्नरले आफ्नो ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ देखाउँदै राजीनामा दिएको विदेशी सञ्चार माध्यमहरुले बताएका छन् । ८० वर्षिय केन्द्रीय बैंक गभर्नर डब्ल्यू.डी लक्ष्मणले विगत केहि दिनको दौडान गम्भीर ‘मानसिक तनाव’ भएको आफ्नो योजनाबद्ध अवकाशमा आगामी मंगलबारबाट पदबाट विदा लिने बताए ।
लक्ष्मणले राष्ट्रपति गोतबाया राजपाक्षको आर्थिक नीति तयार गरेको तर वैचारिक र व्यक्तिगत झडपका कारण यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेको बताए । अधिकांश निजी बैंकहरूको आवश्यक आयातका लागि लगानी गर्न विदेशी मुद्राको मौज्दात नभएपछि राष्ट्रपतिले गत हप्ता आर्थिक संकटकालको अवस्था घोषणा गरेका थिए । पछिल्ला दिनहरूमा देशका विभिन्न शहरहरूमा चिनी र चामलका लागि दैनिक पसलहरूमा ठूलो लाइन देखिन थालेको छ ।
प्रमुख पर्यटन क्षेत्र बन्द भएपछि गत वर्ष श्रीलंकाको कोरोनाभाइरस प्रभावित अर्थव्यवस्था ३.६ प्रतिशतले घटेको थियो । सरकारी तथ्यांकले देखाएअनुसार जुलाईको विदेशी मुद्राको भन्डारण २.८ अर्ब अमेरिकी डलरमा झरेको विदेशी सञ्चार माध्यमले समाचारमा उल्लेख गरेका छन ।
श्रीलंकाको केन्द्रीय बैंकले महामारीको राहतका लागि ऋणीलाई विभिन्न प्रकारका राहत कार्यक्रम अघि सारेको थियो । श्रीलंका केन्द्रीय बैंकले विभिन्न ७ बुँदे निर्देशन जारी गर्दै राहत कार्यक्रम घोषणा गरेको थियो । जसमा ऋणको सावा व्याज तिर्ने तिर्ने म्याद ६ महिनासम्मका लागि छुटदेखि अन्य विभिन्न प्रकारका राहत कार्यक्रम छन् ।
श्रीलंका केन्द्रीय बैंकले स्वारोजगार मुलक भाडाका सवारी सधान, तीन पांग्रे सवारी साधन, स्कुल भ्यान, लरी, विभिन्न प्रकारका मालसामान ओसार पसार गर्ने साना सवारी साधन तथा स्वरोजगारमूल बस सेवा संचालन गरेकाहरुले लिएको ऋणको साँवा व्याजको किस्ता ६ महिनासम्मको लागि नतिर्दा हुने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस