aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

भारतीय दुई नेता पनि काठमाडौं आए !

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • शनिबार, २६ भदौ २०७८
भारतीय दुई नेता पनि काठमाडौं आए !

काठमाडौं । भारतका दुई नेता काठमाडौंमा छन् । भारतीय जनता पार्टीका पूर्वमहासचिव तथा राष्ट्रिय स्वयंसेवक संघ (आएएसएस) का केन्द्रीय कार्यकारिणी सदस्य राम माधव र विश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द परान्डे बिहीबार काठमाडौं आएका हुन् ।

उनीहरू व्यक्तिगत कामको सिलसिलामा काठमाडौं आएको उनीहरूनिकट एक व्यक्तिले जानकारी दिए । आरएसएस र परिषद्को गतिविधिलाई अझ बढाउनका लागि गृहकार्य गर्न काठमाडौंमा आएको हुन सक्ने ती व्यक्तिले बताए ।भाजपा नेता माधवले नेपालमा राजनीतिक भेटघाट गर्नेरनगर्ने केही जानकारी सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस