अब एटिएमबाट बीउ फुत्त
बीउबिजन एटिएम नेपालीको लागि नौलो हुनसक्छ । सहरी खेति गरिने जापान, चीन, भारत लगायत मुलुकमा यसको प्रयोग धेरै अघिदेखि भएको हो ।
अब नेपालका किसानले पनि यसको प्रयोग गर्न पाउने भएका छन्। ललितपुर महानगरपालिकाले निजि क्षेत्रसंगको सहकार्यमा पुल्चोकमा एटिएम स्थापना गरेको छ। एटिएम मार्फत कौसी र करेसाबारिलाई आवश्यक पर्ने मौसम अनुसारका उन्नत जातका तरकारी तथा पुष्प बीउबिजन पाउन सकिन्छ।
मेसिनमा सिजन अनुसारका सयपत्री, मखमली, सूर्यमुखी, सुपारी, जल्बेदा, डेलिया, एस्तर जस्ता पुष्प बीउ हुनेछन् । तरकारीमा सिमि, बोडी, तितेकरेला, काँक्रो, रायो, चम्सुर आदि छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस