aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

सङ्खुवासभा सामूहिक हत्या प्रकरणले नयाँ मोड लिँदै

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, २६ भदौ २०७८
सङ्खुवासभा सामूहिक हत्या प्रकरणले नयाँ मोड लिँदै

काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका वडानम्बर १ उम्लिङ्गमाभएको    सामुहिक हत्या प्रकरणको अनुसन्धानका क्रममा शङ्कास्पद केही  व्यक्तिको डीएनए परीक्षण प्रक्रिया अगाडि बढाइएको छ ।   

गत सोमबार भएको सामुहिक हत्या काण्डमा संलग्न अपराधीलाई   कानुनी दायरामा ल्याउन सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले   अनुसन्धान प्रक्रिया अगाडि बढाउने क्रममा मृतकहरूसँग प्रत्यक्ष र  अप्रत्यक्ष जोडिने आफन्त तथा छिमेकी केही व्यक्तिको डीएनए परीक्षण  प्रक्रिया सुरु गरेको हो ।     

हत्यारा नजिक पुग्न प्रहरीले मानवीय तथा प्राविधिक दुवै कोणबाट  अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ । चार दिनअघि मादी  नगरपालिका– १ उम्लिङ्गका तेजबहादुर कार्कीसहित उनकै परिवारका छ  जनाको सामुहिक हत्या भएको थियो ।   

सो हत्याको अनुसन्धानका लागि प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी  नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको प्रहरी टोली, केन्द्रीय  अनुसन्धान ब्युरो (सीआईबी)को टोली, सङ्घीय इकाई प्रहरी कार्यालय  धरानको टोली र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको टोलीले  अनुसन्धान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस