
एजेन्सी । दिल्ली एयरपोर्ट कस्टमले ठूलो खुलासा गरेको छ । भारतको भन्सारले सुन तस्करी गर्ने ७ जनालाई पक्राउ गरेको छ । यसमा ४ जना इन्डिगो र स्पाइसजेटका कर्मचारी रहेको समेत जनाएको छ । उनीहरुबाट ७२.४६ लाख भारु बराबरको सुन बरामद भएको छ ।
भन्सार अधिकारीहरु एक सूचना को आधार मा यी व्यक्तिहरु लाई गिरफ्तार गरीएको हो । भन्सार अधिकारीहरु जुलाई २१ देखि यो अपरेशन चलाइरहेका थिए र अन्ततः शनिबार सफलता प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस