
एजेन्सी । भारत सरकारले कच्चा तेल, पाम तेल, सोया तेल र सूर्यमुखी तेलको आयातमा लाग्ने शुल्क घटाएको छ। उपभोक्ताले कर कटौतीपछि ४देखि ५ रुपैयाँ भारु सस्तोमा तेल पाउने भएका छन् ।
हिन्दुहरुको चाडपर्व शुरु हुने अघिनै खाना पकाउने तेलको मूल्य घटाउनका लागि आयात कर कटौती गरिएको हो। वर्तमान शुल्क र विदेशी मुद्रा विनिमय दर अनुसार, कच्चा सोया तेल को मूल्य ६७.५४ डलर प्रति टन कम हुनसक्छ। त्यस्तै गरी, कच्चा पाम तेल को मूल्य ५६.५९ डलर प्रति टन घट्न सक्छ। रिफाइन्ड पाम तेल ५८.८२ डलर प्रति टन सस्ता हुन सक्छ।
कच्चा पाम तेल, कच्चा सोया तेल र कच्चा सूरजमुखी तेल, यी तीनमा आधार आयात कर २.५ प्रतिशतले मा घटाएको छ। यसअघि कच्चा पाम तेलमा १० प्रतिशत र कच्चा सोया तेल र सूर्यमुखी तेलमा ७.५ प्रतिशत आधार आयात शुल्क लाग्दै आएको थियो।
खाना पकाउने तेलको आयात शुल्क घटाउने सम्बन्धमा सूचना शुक्रबार साँझ जारी गरिएको थियो। सूचनाका अनुसार, अब ििरफाइन ग्रेड पाम तेल, सोया तेल र सूरजमुखी तेलमा आधार आयात शुल्क ३७.५बाट घटेर ३२.५ प्रतिशत भएको छ।
प्रतिक्रिया दिनुहोस