aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

विश्वका सुन्दर र रोचक शहरहरुको सूची सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २६ भदौ २०७८
विश्वका सुन्दर र रोचक शहरहरुको सूची सार्वजनिक

एजेन्सी । संसारमा सबैभन्दा सुन्दर र रोचक शहरहरुको सूची सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय ग्लोबल पत्रिका टाइम आउटले विश्वका उत्कृष्ट शहरहरुको सूची जारी गरेको हो ।  

यस सूचीमा अमेरिकाको सान फ्रान्सिस्को शहरलाई विश्वको सबैभन्दा राम्रो शहरको रुपमा वर्णन गरिएको छ। टाइम आउटले यो सूची कोरोना संटको बेला केही मापदण्डको आधारमा तयार पारेको छ ।  जसमा शहरहरु खाना, संस्कृति र राम्रो नाइटलाइफको आधारमा छनौट गरीएको छन।

१. सैन फ्रान्सिस्को, क्यालिफोर्निया, अमेरिका, २. एम्स्टर्डम, नेदरल्याण्ड्स, ३. म्यानचेस्टर, युनाइटेड किंगडम, ४. डेनमार्कको कोपेनहेगन, ५ न्यूयोर्क, अमेरिका,६  मोन्ट्रियल, क्यानाडा, ७ प्राग, चेक गणतन्त्र, ८ तेल अवीव, इजरायल, ९ पोर्टो, पोर्चुगल र १० टोकियो, जापान रहेका छन् । 

शीर्ष ३७ शहरहरु सूचमा लस एन्जलस, शिकागो, लन्डन, बार्सिलोना, मेलबोर्न, सिडनी, शंघाई, म्याड्रिड, मेक्सिको सिटी, हंङकङ, लिस्बन, बोस्टन, मिलान, सिंगापुर, मियामी, दुबई, बेइजिङ,, पेरिस, बुडापेस्ट, अबुधाबी, साओ पाउलो, जोहानेसबर्ग, रोम, मस्को, ब्यूनस आयर्स र इस्तानबुल नामहरु रहेका छन।

पर्यटनका  मापदण्डका आधारमा अमेरिकाको सैन फ्रान्सिस्कोको शहर पनि एक महान गन्तव्य मानिन्छ। यहाँ गोल्डन गेट ब्रिज बिना यात्रा अपुरो रहन्छ। यहा १९३७ मा बनेको पुल देख्न पाइन्छ । 
 

प्रतिक्रिया दिनुहोस