aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ भदौ २०७८
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आइतबार दिउँसो १ बजे संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आफूहरुको माग सम्बोधन नभएसम्म बैठकमा अवरोध जारी राख्ने बताएको छ। तर, एमालेको विरोधकाबीच बैठक कार्यसञ्चालन अगाडि बढाइरहेका छन् । 

आज बस्ने बैठकमा २३ वटा अध्यादेश पेश हुँदैछन्। गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ निर्णयार्थ प्रस्तुत गर्ने छन् । यस्तै उनले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूची छ । सांसद प्रेम सुवालले शपथ सम्वन्धि अध्यादेश २०७८ अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछन् ।   

त्यस्तै, आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश २०७८ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् । कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केहि ऐन संसोधन गर्ने अध्यादेश प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड १९ संकट व्यवस्थापन अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।  

प्रतिक्रिया दिनुहोस