aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

एमसिए–नेपालको अतिरञ्जित तथा असत्य सन्देशप्रति गम्भीर आपत्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ भदौ २०७८
एमसिए–नेपालको अतिरञ्जित तथा असत्य सन्देशप्रति गम्भीर आपत्ति

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) का सम्बन्धमा अतिरञ्जित तथा असत्य सन्देशहरू सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेकोप्रति एमसिए–नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

यही भदौ २३ गते ट्वीटर सामाजिक सञ्जालमार्फत एमसिए–नेपाल विकास समितिका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टको नक्कली तवरको हस्ताक्षर प्रयोग गरी एक सामग्री सम्प्रेषण गरिएको जनाएको छ ।  उक्त सामग्रीमा एमसिए–नेपाल, एमसीसी र अमेरिकी राजदूतावासका अधिकारीहरूबीच भएको भच्र्युयल बैठकमा कम्प्याक्ट अनुमोदनको पक्षमा प्रचार अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको कपोलकल्पित कुरा उल्लेख गरिएको थियो । सोही सामग्रीमा केही अखबार तथा टीभीलाई परिचालन गरिनुपर्ने झुठो दाबी र  नेपाल सरकार, एमसिए–नेपाल र एमसीसीको छापको पनि दुरुपयोग गरिएको एमसीएको दावी रहेको छ ।

नेपाल सरकारद्वारा गरिएका केही प्रश्नको उत्तर एमसीसी प्रधान कार्यालयबाट उपलब्ध हुनु अघिल्लो दिन उक्त जाली कागजात सामाजिक सञ्जालमा देखापर्न थालेको थियो । नक्कली कागजातप्रति एमसिए–नेपालले आफ्नो सामाजिक सञ्जालमार्फत खण्डन प्रस्तुत गरिसक्दा पनि उक्त भ्रामक सामग्री सामाजिक सञ्जालबाट अद्यावधि सम्प्रेषण भइरहेको पाइएको समेत एमसीए नेपालले जनाएको छ । 

उक्त सामग्रीमा उल्लेख गरिएका विषय तथा निर्णयका रूपमा सम्पूर्ण सूचनाहरू कपोकल्पित भएको र उल्लेख गरिएको जस्तो सञ्चारगृह एवं व्यक्तिसँग कुनै कार्य नभएको जानकारी एमसिए–नेपाल विज्ञप्तिमार्फत जनाकारी गराएको  छ।

 यसैगरी उक्त सन्देशमा संलग्न गरिएको जस्तो लेटरहेड एमसिए–नेपालले कहिल्यै प्रयोग गरेको छैन र दस्तावेजमा प्रयोग गरिएको कार्यकारी निर्देशक विष्टको हस्ताक्षर पनि डिजिटल प्रविधिबाट नक्कल उतार गरिएको हस्ताक्षर भएको हुनाले उक्त असत्य सन्देश सम्प्रेषण गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाही अगाडि बढाउनका लागि एमसिए–नेपालले पहल गरिसकेको र नेपाल प्रहरीको साइबर ब्यूरोसँग पत्राचार भइसकेको समेत बताएको छ  । 
 

प्रतिक्रिया दिनुहोस