
काठमाडौं । काठमाडौं लगायतका देशका विभिन्न ठाँउमा हिजो रातिदेखि नै अविरल वर्षा भइरहेको छ । जसका कारण देशका विभिन्न भागमा बाढि तथा पहिरोको प्रकोप देखिएको छ । यसै क्रममा वर्षाका कारण सिंहदरबारको पर्खाल पनि भत्केको छ ।
सिहंदरबारको पूर्वीगेट बाजेको सेकुवा नजिककाे पर्खाल भत्किँदा अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।
बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । भूकम्पका बेला कमजोर भएको पर्खाल अविरल वर्षाले भत्किएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस