aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

भारतमा ८० हजार करोड भारुको दावीकर्ता कोहि भएनन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० भदौ २०७८
भारतमा ८० हजार करोड भारुको दावीकर्ता कोहि भएनन

एजेन्सी । भारतका विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा हजारौं करोड रुपैयाँको दावीकर्ता नभएको बताइएको छ । इम्पोइमेन्ट प्रोभिडेण्ड, ईपीएफओ) संग लगभग २६,४९७ करोड रुपैयाँ भारु रहेको छ ।  सबै बैंक तथा वित्तीय संस्थाको खातामा १८,३८१ रुपैयाँ भारुमा कसैको दावी परेको छैन । 

त्यस्तै, म्यु्चुअल फण्डमा १७,८८० करोड रुपैयाँ भारु, बीमा कम्पनीहरुमा दावी नगर्रिको रकम १५,१६७ करोड भारु रहेको छ । बैंकमा रहेको मुद्दती खाता परिपक्व भइसक्दा र बीमा कम्पनीको पोलिसी परिपक्को भइसक्दा समेत यी रकममा कसैले पनि दावी गरेका छैनन । यो रकममा  कुनै दावीकर्ता छैन र यो रकम बिस्तारै बढ्दो छ । सबै संस्थाहरुमा रहेको यस्तो रकम कुल ८० हजार करोड रुपैयाँभन्दा बढी भारु रहेको गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस