
काठमाडौं । केपी शर्मा ओलीले भर्ति गरेका विभिन्न आयोगहरुमा देउवा सरकारले धमाधम भर्ति गर्न थालेको छ । केपी शर्मा सरकारले गठन गरेको आयोग खारेज गरेर बुधबार देउवा सरकारले भूमि आयोग गठन गरेको हो ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि १९ साउनमा उक्त आयोग खारेज गरेका थिए । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय भूमि आयोग, ०७८’ गठन गरेको छ ।
आयोगको अध्यक्षमा नेपाली काग्रेस सम्वद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौला र उपाध्यक्षमा माओवादी समर्थक नयन्द्र खड्कालाई नियुक्त गरिएको छ । हाल दुई जनामात्र नियुक्त गरेपनि सत्तासाझेदार अन्य पार्टीबाट थप नयाँ सदस्यहरु थप गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस