aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

भारतीय ध्वजाबाहक एयरलाइन्स लिलामी हुँदै, टाटा समूहले खरिद गर्न निवेदन हाल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३१ भदौ २०७८
भारतीय ध्वजाबाहक एयरलाइन्स लिलामी हुँदै, टाटा समूहले खरिद गर्न निवेदन हाल्यो

एजेन्सी ।  भारतीय ध्वजाबाहक एयरलाइन्स एयर इण्डिया लिलामी हुने भएको छ ।   भारतको डिपार्टमेन्ट अफ इन्भेस्टमेन्ट एण्ड पब्लिक एसेट म्यानेजमेन्टले एयर इण्डिया बोलकबोल मार्फत विक्रि गर्ने भएपछि अधिग्रहणसम्बन्धि टाटा समुहको होल्डिंगले आफ्नो निवेदन पेश गरेको जानकारी दिएको छ । 

२००७ मा घरेली अपरेटर इण्डियन एयरलाइन्ससँग मर्ज भएपछि एयर इण्डिया लगातार घाटामा चलिरहेको थियो । अहिले एयर इण्डियाको ६००७४ करोड भारतीय रुपैया ऋण रहेको बताइएको छ । यस मध्ये एयर इण्डिया किन्ने कम्पनीले २३२८६.५ करोड भारतीय रुपैया मात्र तिरे हुने भएको छ भने बाँकी रकम भारत सरकारले बेहोर्ने भएको छ ।  

ठूलो घाटामा गएपछि एयर इण्डियाको निजीकरणको प्रक्रिया २०२० को जनवरीमै शुरु गरिएको थियो । तर, कोरोना महामारीका कारण प्रक्रियामा ढिलाई भएको थियो । २०२१ को अप्रिलमा सरकारले फेरीयोग्य कम्पनिलाई आफ्नो प्रस्ताव पेश गर्न आव्हान गरेको थियो । यस अघि २०२० मा पनि टाटा सन्सले एयर इण्डियालाई किन्न आफ्नो प्रस्ताव पेश गरेको थियो ।

सरकारले यसअघि २०१७ मा पनि एयर इण्डियालाई निजीकरणको प्रयास गरेको थियो ।  त्यति बेला भने कुनै कम्पनिले प्रस्ताव पेश गरेका थिएनन् । त्यसपछि सरकारले केहि नियममा परिवर्तन गरेपछि टाटा समुह अगाडी आएको हो ।

प्रतिक्रिया दिनुहोस