
एजेन्सी । अश्लील भिडियो बिक्री गरेर दैनिक १० लाखसम्म कमाउँदै आएका शिल्पा सेट्टिका पती राज कुन्द्रा विरुद्ध प्रहरीले १५ सय पेजको आरोप पत्र तयार पारेको छ । यससँगै उनको मुस्किल बढेको छ भने उनकी पत्नी शिल्पा भने भगवानको शरणमा पुगेकी छिन् ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार मुम्बई क्राइम ब्रान्चले कुन्द्रा विरुद्ध आरोप पत्र दर्ता गरेकै दिन शिल्पा माता वैष्णो देवीको दर्शन गर्न गएकी हुन् । न्युज एजेन्सी एएनआईका अनुसार शिल्पा बुधवार कटरामा देवीको मन्दिरका लागि गएकी थिइन् । उनी घोडा चढेर प्रहरीको सुरक्षा घेराबिच त्यहाँ पुगेको तस्बिर सार्वजनिक भएको छ ।
मन्दिर गएकी यी नायिकाले आफू त्यहाँ पुगेर निकै नै खुसी भएको र भगवानले बोलाएर दर्शनको लागि आएको बताएकी थिइन् ।
प्रहरीले दाखिल गरेको सो आरोप पत्रमा ४३ जना साक्षीहरूको बयान छ भने आरोपीहरूमा राज कुन्द्रा, रेयान थोरपे, एस ठाकुर र प्रदीप बक्सि रहेका छन् । अहिले कुन्द्राका बहिनी ज्वाइँ एस ठाकुर भने फरार रहेका छन् । प्रदीप बक्सि भने हाल भारतका नरहेका कारण क्राइम ब्रान्चले पक्राउ गर्न सकेको छैन ।
यसरी सजिलो तरिकाले छिटै धेरै पैसा कमाउने अवैध धन्दामा लागेका कारण राज कुन्द्रा नराम्रोसँग फसिसकेका छन् । त्यसको प्रत्यक्ष असर र पिडा भने शिल्पा सेट्टिलाई परिरहेको देखिन्छ । कुन्द्राका यस्ता अवैध धन्दाबारे सेट्टि जानकारी थिइन कि थिइनन् भन्ने कुरा अहिलेसम्म खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस