aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

केजरीवालसँग हात मिलाउँदा सोनू सूदलाई पर्‍यो समस्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३१ भदौ २०७८
केजरीवालसँग हात मिलाउँदा सोनू सूदलाई पर्‍यो समस्या

एजेन्सी । कोरोना कालमा समाज सेवाका कारण सर्वत्र छाएका बलिउड अभिनेता सोनू सूद विगत दुई दिनदेखि तनावमा छन् । उनको घरमा भारतको आयकर विभागले छापामारेपछि सो सम्बन्धी अनेकौँ समाचारहरू लगातार सार्वजनिक भइरहेका छन् । 

अहिले सोनू सूद र उनका परिवारका सबै सदस्यहरूको फोन अफ रहेको भारतिय सञ्चारमाध्यमहरुले बताइरहेका बेला कर विभागको आइटी टिमले उनको अकाउन्ट आय, खर्च लगायत अन्य वित्तीय विवरणहरूको लगातार २० घण्टासम्म छानबिन गरेको जनाइएको छ । 

प्राप्त समाचारहरू अनुसार यसरी उनको घरमा छापा मार्नुको कारण भने आर्थिक विषय होइन । दिल्ली सरकारको ब्रान्ड एम्बेस्टर बनेका कारण उनीमाथि यसरी आक्रमण भएको हो । यसको राजनीतिक कारण रहेको जनाउँदै उनी आम आदमी पार्टीमा सामेल हुनसक्ने सम्भावनालाई निस्तेज गर्न यस प्रकारको सरकारी आक्रमण भएको चर्चा चलेको छ । 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग आफ्नो कुनै राजनीतिक छलफल नभएको सूदले यसअघि नै बताइसकेका छन् । सूद चैरिटी फाउन्डेसन नामक संस्था मार्फत उनले स्वास्थ्य, शिक्षादेखि रोजगारी र प्रविधिका क्षेत्रमा समेत काम गरिरहेका छन् । 

उनको बचाउमा केजरीवालले सत्यको बाटो हिँड्दा लाखौँ समस्याहरू आउँछन् तर, जित सधैँ सत्यको नै हुन्छ भन्दै सोनू सूदसँग भारतका लाखौँ परिवारहरुका आशिर्वाद रहेको र यो अफ्ठारोबेला तिनीहरूको साथ मिलेको बताउँदै ट्विट गरेका छन् । यो ट्विट पछि भने सूदको घरमा गरिएको छापामारीका राजनीतिक केन्द्रमा रहेको देखिएको छ । 

 

प्रतिक्रिया दिनुहोस