
काठमाडौं । लोक सेवा आयोगले लिने तयारी गरेको नायब सुब्बाको लिखित परीक्षा स्थगित भएको छ । शुक्रबार एक सूचना जारी गर्दै आयोगले एकिकृत परीक्षा प्रणाली अन्तगत राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको लिखित परीक्षा स्थगित गरेको हो ।
उक्त परीक्षा असोज ९ गतेबाट सञ्चालन हुने सूचना जारी गरिएको थियो । आयोगले अर्को सूचना जारी नभएसम्मका लागि धनकुटा, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत, दिपायल र जलेश्वरबाट लिइने लिखित परीक्षा स्थगित भएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस