aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मुख्य सचिवसंग प्रधानमन्त्री असन्तुष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ असार २०७६
मुख्य सचिवसंग प्रधानमन्त्री असन्तुष्ट

पछिल्लो समयमा सचिवहरुका कारण सरकार विवादमा परेपछि प्रधानमन्त्री ओली मुख्यसचिवसँग रुष्ट बनेका हुन् ।

तरकारी विषादीमा भारतीय दूतावासको पत्रमा आफूलाई गुमराहमा पारेको भन्दै सार्वजनिक रुपमा माफी मागेका प्रधानमन्त्री ओलीले सचिवलगायत प्रशासनिक काममा कडाइ गर्न मुख्य सचिवलाई निर्देशनसमेत दिएका छन् ।

‘प्रशासकले समन्वय, निर्देशन र कार्यान्वयन गराउने कुरामा गम्भीरतापूर्वक ध्यान पुर्याउनुपर्छ,’ उनले मुख्यसचिवप्रति इंगित गर्दै भने । पछिल्लो समयमा मन्त्री र सचिवबीच परस्पर बाझिने कुरा बाहिर आएकोमा प्रम ओलीले चासो राखेका छन् । यो खबर आजको अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस